सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे  « Khabarhub

सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे 


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- धनक्टाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी भएको छ । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको लागि तयारी भएको हो । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिक सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशकअघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा नागरिकहरूले सास्ती भोग्दै आएका थिए ।

कोसी राजमार्गसँगै जोडिएको सिधुवा शुक्रबारे ओख्रे सडक कालोपत्रे हुने भएपछि नागरिकको अवस्था फेरिने भएको छ । ९ मंसिर २०७६ मा प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । सडकमा यतिबेला तीव्र रूपमा कालोपत्रे भइरहेको छ । ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रा.लि.ले सडक निर्माणको काम गर्दै आएको छ । 

सडकमा कटिङ, ग्याबिङ,नालि निर्माणलगायतका काम सम्पन्न गरेसँगै कालोपत्रेका लागि तयारी भएको कम्पनीका इन्जिनियर मिनराज तामाङले बताए । उनका अनुसार आगामी असारसम्ममा सधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य सम्पन्न गर्न कम्पनी लागिपरेको छ । 

यो सडक ७० करोड लागतमा कालोपत्रे भइरहेको छ । सडक बनेपछि जिल्लाको छथर क्षेत्रका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका नागरिकहरूले सेवा पाउने भएका छन्। दैनिक चारवटा बसका साथै साना तथा ठूला सवारीसाधान सञ्चालन हुँदै आएका छन् ।

सडक सञ्चालनमा समस्या हुँदा वर्षौँदेखि भोग्दै आएको समस्याबाट मुक्त पाएको स्थानीय शुक्रराज लिम्बूले बताए । उनी भन्छन्, ‘हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने सडक कालोपत्रे भएपछि हामीले विगतमा भोग्दै आएको समस्या समाधान हुने भएको छ ।

 सडक सञ्चलनमा समस्या हुँदा हामीले गाउँमा बिरामी हुँदा बोकेरै सिधुवा पुर्‍याउनुपर्ने बाध्यता पनि हट्ने भएको छ । ’सडक निर्माणसँगै सवारीसाधान सञ्चालनका साथै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तु दुग्ध पदार्थ ढुवानीमा सहज बन्ने भएको छ । 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १२ : ३८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी