प्रा.डा. बाँस्कोटालाई खेलकुद संघद्वारा सम्मान « Khabarhub

प्रा.डा. बाँस्कोटालाई खेलकुद संघद्वारा सम्मान


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ चिकित्सक प्रा.डा. अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी र पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले वरिष्ठ अर्थोपेडिक चिकित्सक प्रा.डा. बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

अखिल नेपाल खेलकुद संघका अध्यक्ष केसीले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमार्फत अपाङ्गता भएका गरिब तथा असहाय बालबालिकाको उपचारमा पुर्‍याएको योगदान र हालै ‘टिकेएस’ अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकोमा वरिष्ठ चिकित्सक बाँस्कोटालाई सम्मान गरेको बताए । पूर्व युवा तथा खेलकुदमन्त्री श्रीपालीले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमार्फत बाँस्कोटाले हजारौं बालबालिकालाई नयाँ जीवन दिएर राज्यले गर्नुपर्ने काम गर्दै आएको बताए ।

वरिष्ठ चिकित्सक बाँस्कोटाले घुम्ती शिविरमार्फत देशका दूरदराजका अपाङ्गता भएका बालबालिकाको खोजी गरी केन्द्रमा ल्याएर उपचार गर्दै आएको बताए । उनले आफूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेकोमा अखिल नेपाल खेलकुद संघलाई धन्यवाद दिए । बाँस्कोटाले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । उनले सन् २०१३ मा बेलायतको ‘स्टार्स फाउन्डेसन अवार्ड’, सन् २०१६ मा अमेरिकाको ‘वल्र्ड अफ चिल्ड्रेन अल्मुमिनी अवार्ड’ र सन् २०२१ मा अमेरिकाकै ‘वल्र्ड अफ चिल्ड्रेन अवार्ड’ पाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ४ : ४६ बजे

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन