आँखा शिविरमा निःशुल्क शल्यक्रिया | Khabarhub Khabarhub

आँखा शिविरमा निःशुल्क शल्यक्रिया


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौँको आयोजनामा सञ्चालित शिविरमा ९३ को मोतियाबिन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको छ । 

सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत गरी पाँच सय १४ जनाले परीक्षणसहित उपचार सेवा लिएका छन् । शिविरमा चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लगाइएको थियो । शल्यक्रिया र औषधि निःशुल्क प्रदान गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए ।

उनका अनुसार शिविर सञ्चालनका लागि मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग रहेको र लायन्स क्लब आफ काठमाडौँ हाम्रो रूपान्तरणले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । समय समयमा यहाँ आयोजना हुने आँखा शिविरले पूर्वी पहाडी जिल्लामा रहेका आँखाका बिरामीलाई फाइदा पुग्ने गरेको छ ।  

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ६ : ५६ बजे

वनपैदावारको आयस्रोत खोइ ?

जैविक रूपमा धनी देशहरू मध्ये नेपाल एक हो । ४५

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन

अमेरिकी कर नीतिको कारण अफ्रिकी किसान प्रभावित

रोबर्टसन– दक्षिण अफ्रिकाको प्रमुख वाइन उत्पादन गर्ने रोबर्टसन उपत्यकामाथि अर्को हप्ता लागु हुने

सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण

महेन्द्रनगर– सुक्खा र पानी अभावका कारण उत्पन्न सङ्कट समाधान गर्न