‘ए’ डिभिजन लिगमा आज हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै « Khabarhub

‘ए’ डिभिजन लिगमा आज हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक‘ए’डिभिजन लिग फुटबलको आठौं चरणमा आज (आइतबार) हिमालयन शेर्पा क्लब थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको एक मात्रै खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ ।

लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा आज चौथो जितको योजनामा छ भने पाँच खेलयता अपराजित थ्रीस्टार पनि जितको खोजीमा छ ।

पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ ।

थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : १२ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा