वाग्मतीको शङ्खमूल क्षेत्रबाट ४ मेट्रिक टन फोहर व्यवस्थापन « Khabarhub

वाग्मतीको शङ्खमूल क्षेत्रबाट ४ मेट्रिक टन फोहर व्यवस्थापन


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शङ्खमूल क्षेत्रको वाग्मती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो ।

सफाइबाट जम्मा भएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। अर्को हप्ता माघ १ गते शनिबार शङ्खमूल पुल क्षेत्रमा बिहान ७ : ३० देखि ९ : ३० बजेसम्म सफाइ गरिने छ । माघेसङ्क्रान्ति पर्वको दिन परे पनि सफाइ महाअभियान नरोकिने उनले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि महाअभियान सुरु भएदेखि चाडपर्व, चिसो, गर्मी, प्राकृतिक प्रकोपलगायत जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, चक्रपथ, मुख्य सांस्कृतिक सम्पदास्थललगायतमा पनि सफाइ अभियान सुरु भएको छ ।

हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, सहर र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०९ स्थानमा सफाइ अभियान सुरु भएको जनाइएको छ । मनोहरा सफाइ अभियानको २५१औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटी पुल छेउको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा विभिन्न संस्था, प्रहरी र स्थानीयवासी गरी १०० जनाको सक्रियता रहेको थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले बताए ।

यसैगरी राजधानीको रुद्रमती, चक्रपथको उत्तरी र पश्चिमी खण्ड, विष्णुमतीको तल्लो र माथिल्लो भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत नदीमा पनि शनिबार सफाइ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ०० बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य