सञ्चारमन्त्री कार्की आइसोलेशनमा « Khabarhub

सञ्चारमन्त्री कार्की आइसोलेशनमा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन्।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्की सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेका छन् । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ११ : ०१ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको