एमाले रसुवाको अध्यक्षमा लामा दोहोरिए, अरु पदाधिकारी पनि सर्वसम्मत « Khabarhub

एमाले रसुवाको अध्यक्षमा लामा दोहोरिए, अरु पदाधिकारी पनि सर्वसम्मत


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – एमाले रसुवाको अध्यक्षमा कन्र्याल लामा पुनः दोहोरिएका छन् । शुक्रबारदेखि सुरु भएको आठौ जिल्ला अधिवेशनले लामालाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङ नुर्पु तामाङ, बेली बुलुन चयन भएका छन् । उनीहरू सर्वसम्मत चयन भएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको थियो ।

एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्यसमिति चयन हुने बताइएको छ । अध्यक्षका लागि कर्णेल लामा र अशोक घिमिरेले दाबी गरेका थिए । राति अबेरसम्म भएको छलफलपछि लामा निर्विरोध चयन भएका हुन् ।

जिल्लाभरिबाट पाँच सय ५६ जना प्रतिनिधि नयाँ नेतृत्व चयनका लागि सहभागी थिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ०० बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको