‘ए’ डिभिजन लिगमा १०० गोल पूरा  « Khabarhub

‘ए’ डिभिजन लिगमा १०० गोल पूरा 


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा भएको छ । ३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो ।

पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौंपटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल गरेका हुन् । शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध ५-०को जित निकाल्ने क्रममा दिनेशले १००औं गोल पूरा गरे ।

जारी शीर्ष डिभिजनको लिगमा १०३ गोल पूरा भइसकेका छन् । शनिबार अपरान्ह एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दिनेश हेन्जनले गरेको गोल १०३ गोल हो ।

यस सिजनको लिगमा  पहिलो गोल संकटाका लक्ष्मण रुचालले गरेका थिए । जुन गोल दोस्रो खेलमा सम्भव भएको थियो । यस्तै संकटाका अर्का डिफेन्डर निरज बस्नेतले ५०औं गोल गरेका थिए ।

जारी सिंगल राउन्ड रोबिनको लिगको पहिलो चरणमा १६ गोल भएको थियो । यस्तै दोस्रो चरणमा सात गोल हुँदा तेस्रो चरणमा १८ गोल भयो । चौथो चरणमा नाै गोल मात्रै हुँदा पाँचौ चरणमा १५ गोल भएको थियो भने छैटाैं चरणमा १६ गोल भएका थिए । यस्तै सातौ चरणमा १३ गोल भए । जारी आठौं चरणमा भने नौ गोल भएका छन् । दुई खेल अझै बाँकी छन् ।

यसपटक ‘गोल्डेन बुट’को दौडमा दुई खेलाडी देखिएका छन् । मछिन्द्र फुटबल क्लबका सुनिल बल र मनाङका आफिज ओलावालेले समान पाँच गोल गर्दै उच्च गोलकर्ताको शीर्षस्थान ओगटेका छन् ।

यस्तै संकटा क्लबका अजयी मार्टिन्स र एपीएफ फुटबल क्लबका आशीष लामाले उनीहरूलाई पछ्याउने क्रममा समान चार गोल गरेका छन् । जारी लिगमा मनाङ र संकटाका विदेशी खेलाडी मार्टिन्स र ओलावा दुवैले एक एक ह्याट्रिक गर्न सफल भए ।

संकटाका निरज बस्नेत र उत्तम राई, मनाङका अन्जन बिष्ट र दिनेश राजवंशी, नेपाल पुलिसका सुमन लामा, हिमालयन शेर्पाका मुतम्बा पिस्टेन, च्यासलका रुमेश बर्तौला, जावलाखेलका निकोलास फर्नाण्डेज र एनआरटीका मेसोउके ओलोमोउले समान तीन-तीन गोल गरेका छन् । तीन गोल गर्ने खेलाडी नाैजना छन् ।

दुई गोल गर्ने खेलाडी ११ जना छन् भने एक गोल गर्ने खेलाडीकाे संख्या ३२ छ । आत्माघाति गोल गर्नेमा तीन खेलाडी छन् ।

जारी लिगमा सातौ चरणमै नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप-२०२२ छनोटमा स्थान बनाएको मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । उसलाई पछ्याउने क्रममा मनाङ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ४५ बजे

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा