पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित « Khabarhub

पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । शनिबारसम्म यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी यहाँका सयौँ व्यक्ति विस्थापित भएका पनि सो समाचारमा जनाइएको छ । पाकिस्तानका अधिकारीहरुले यहाँका ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको बताएका छन् ।

यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ । देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो ।

सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको यहाँको प्रहरीले जनाएको छ । त्यस दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते पनि भएका बताइएको छ । मुरीमा भारी मात्रामा हिमपात भएको छ । त्यसमा परेर विदेशी र स्वदेशी पर्यटकका गरी सयौँ सवारी साधन फसेका छन् । ती सवारी साधनको उद्धारका लागि पाकिस्तानको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ०० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा