एमाले बैतडीको उपाध्यक्षमा बम निर्वाचित, अध्यक्ष सहमतिकाे प्रयास जारी « Khabarhub

एमाले बैतडीको उपाध्यक्षमा बम निर्वाचित, अध्यक्ष सहमतिकाे प्रयास जारी


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन भएका छन् । भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्वय सुरेन्द्र पाल र गोरखबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । पाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार रमिल बम निर्वाचित भइसकेकाछन् भने सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।

यसैगरी चन्द प्यानलबाट उपाध्यक्षका उम्मेदवार महराले उम्मेदवारी फिर्ता लिए पनि सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन् । सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।

आजै बिहान ११ बजेबाट मतदान हुने भनिए पनि सहमतिको प्रयास भइरहेकाले मतदान हुन सकेको छैन । जिल्लाभरिबाट पाँच सय ३५ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  २ : १५ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य