एमाले बैतडीको उपाध्यक्षमा बम निर्वाचित, अध्यक्ष सहमतिकाे प्रयास जारी « Khabarhub

एमाले बैतडीको उपाध्यक्षमा बम निर्वाचित, अध्यक्ष सहमतिकाे प्रयास जारी


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन भएका छन् । भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्वय सुरेन्द्र पाल र गोरखबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । पाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार रमिल बम निर्वाचित भइसकेकाछन् भने सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।

यसैगरी चन्द प्यानलबाट उपाध्यक्षका उम्मेदवार महराले उम्मेदवारी फिर्ता लिए पनि सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन् । सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।

आजै बिहान ११ बजेबाट मतदान हुने भनिए पनि सहमतिको प्रयास भइरहेकाले मतदान हुन सकेको छैन । जिल्लाभरिबाट पाँच सय ३५ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  २ : १५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार