एमाले अधिवेशन: ओखलढुंगामा पहिलाेपटक निर्वाचनमार्फत नेतृत्व छानिँदै « Khabarhub

एमाले अधिवेशन: ओखलढुंगामा पहिलाेपटक निर्वाचनमार्फत नेतृत्व छानिँदै


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– एमाले जिल्ला कमिटीकाे नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने भएकाे छ । नेताहरूले सहमतिकाे प्रयास जारी रहेकाे बताए पनि फरक फरक समूहका नेताहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । आज मनाेनयन तथा निर्वाचनकाे कार्यतालिका छन् ।

सुरुमा तीनजनाले अध्यक्ष पद दाबफ गरे पनि उम्मेदवारी दर्ता गर्ने समयसम्म दुई जनाले गरेका छन् । नेता सीताराम गुरुङ र वर्तमान सचिव शंकर कट्वालले उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीकाे विधानमा प्यानल बनाउन नपाइने भएकाले व्यक्तिगत भनिए पनि सबै पद समूहगत नै उम्मेदवारी परेकाे छ । मनाेनयकाे क्रम जारी रहेकाले अन्तिम नामावली आउन समय लाग्ने बताइएकाे छ ।

उपाध्यक्षमा संविधानसभाका सदस्य तथा अध्यक्षका दावेदार हर्कबाेल राईले मनाेनय गर्न राजी भएपछि गुरुङ र कट्वालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । अर्का उपाध्यक्षमा कट्वालकाे पक्षबाट रञ्जित धमला छन् ।

गुरुङकाे पक्षमा नेताहरू यज्ञराज सुनुवार, किशाेर अधिकारी, वर्तमान अध्यक्ष माेहन श्रेष्ठ छन् । कट्वालकाे पक्षमा अम्बीर गुरुङ, नानीबाबु बुढाथाेकी र बालकृष्ण ढुंगेल छन् ।

सचिवमा यसअघि प्रचार विभाग प्रमुख रहिरहेका अधिवक्ता तीर्थराज सुवेदी र कमल न्याैपाने भिड्दै छन् । उपसचिवमा वर्तमान उपसचिव मणिराज राई, केशव ढुंगेल, अशाेक थापा, सञ्जु श्रेष्ठ र भक्तबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । यीमध्ये सुवेदीलाई अधिकारी र सुनुवारकाे समर्थन र न्याैपानेलाई अम्बीर र बालकृष्णकाे समर्थन रहेकाे नेताहरू बताउँछन् ।

उपसचिवमा केशव ढुंगेल र अशाेक थापा छन् । ढुंगेल बालकृष्ण र थापा अम्बीरकाे काेटाका उम्मेदवार हुन् । अन्य उम्मेदवारमध्ये राई संसाद सुनुवार निकट हुन् भने अरु प्रष्ट खुलेका छैनन् । सदस्य पदहरूमा पनि धेरै आकांक्षी देखिएका छन् । धेरै आरक्षण काेटामा सहमति हुने भए पनि अन्य पदहरूमा भने निर्वाचन नै हुने देखिएकाे छ ।

एमाले अधिवेशनमा माओवादीबाट आएका नेताहरूकाे प्रदेश सांसद अम्बीर गुरुङसँग गठबन्धन गर्न पुगेपछि ओलि समूह छिन्नभिन्न भएकाे छ । १० बुँदे सहमति गरेर एमाले एकताकाे पक्षमा लागेका नेताहरू र ओली समूहका पुराना नेता जति जिल्लामा एकठाउँमा उभिएका छन् । कार्यकर्ताहरूले यही समूहलाई राजनीतिक मान्न सकिने प्रतिक्रिया दिएका छन् ।

अध्यक्षका दावेदार दुवै संसद् विघटनकाे पक्षमा ओली समूहमा लागेका नेताहरू हुन् । दुई नेताहरू दाबेदार भएपछि १० बुँदे पक्षधरले गुरुङलाई साथ दिँदा उनी मजबुत बनेकाे नेता कार्यकर्ता बताउँछन् । १‍० बुँदै पक्षधर नेताहरुलाई अध्यक्ष र सचिव दिइएकाे छैन । अध्यक्षका दाबेदार हर्कबाेल राईलाई उपाध्यक्ष दिइएकाे छ । उनी १० बुँदे पक्षधर हुन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : १३ बजे

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को