एमाले तेह्रथुमकाे अध्यक्षमा कन्दङवा « Khabarhub

एमाले तेह्रथुमकाे अध्यक्षमा कन्दङवा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– नेकपा एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसहमत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन । यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिबेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ । जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन गरेको छ ।

जिल्ला अध्यक्षका लागि पूर्व जिल्ला अध्यक्ष लछुमन तिवारी र कन्दङ्वाले जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । सर्वसहमत नेतृत्व चयनका लागि जिल्लाका नेताहरू निक्कै लामो कसरतमा जुट्नु परेको थियो । अधिवेशनमा लागि ६ वटै पालिकाबाट पाँच सय ५० प्रतिनिधिको सहभागी थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ५८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका