एमाले तेह्रथुमकाे अध्यक्षमा कन्दङवा « Khabarhub

एमाले तेह्रथुमकाे अध्यक्षमा कन्दङवा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– नेकपा एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसहमत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसहमत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन । यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिबेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ । जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन गरेको छ ।

जिल्ला अध्यक्षका लागि पूर्व जिल्ला अध्यक्ष लछुमन तिवारी र कन्दङ्वाले जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । सर्वसहमत नेतृत्व चयनका लागि जिल्लाका नेताहरू निक्कै लामो कसरतमा जुट्नु परेको थियो । अधिवेशनमा लागि ६ वटै पालिकाबाट पाँच सय ५० प्रतिनिधिको सहभागी थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ५८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा