काबुलमा महिलालाई बुर्का लगाउन दबाब, तालिवानले टाँस्यो यस्ता पोस्टर र सूचना « Khabarhub

काबुलमा महिलालाई बुर्का लगाउन दबाब, तालिवानले टाँस्यो यस्ता पोस्टर र सूचना


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– तालिबानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएकाे छ । तालिबानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ ।

१५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाहरुका अधिकार कटौती गर्दै आएका छन् । ‘शारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ पोस्टरमा भनिएको छ । सत्तापलटपछि तालिवानले पुर्नःस्थापना गरेको गुण तथा दुर्गुणसम्बन्धी मन्त्रालयका प्रवक्ता सइद अकिफ मुहजिरले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन प्रोत्साहन गर्न सार्वजनिक स्थलमा पोस्टर टाँसिएको बताए ।

शरीर ढाक्ने गरी वस्त्र नलगाउनेलाई कारबाही भने नगरिने उनकाे भनाइ छ । ‘नियम पालना नगर्नेमाथि कारबाही हुने छैन,’ मुजहिरले भने ।

काबुलमा प्रायः महिलाले टाउको ढाक्ने वस्त्र लगाउँछन्, यद्यपि केहीले भने पश्चिमा शैलीका अत्याधुनिक पोसाकमा सजिएका भेटिन्छन् । राजधानीबाहिरका सहरमा भने महिलाको टाउकोमा बुर्का देखिनु सामान्यजस्तै बनेको छ ।

पोस्टरमार्फत महिलालाई तालिवानले बुर्का लगाउन दबाब दिएको र यसले अनावश्यक त्रास बढाएको केहीले गुनासो गरेका छन् । ‘उनीहरुले मानिसहरुमा त्रास बढाउन खोजेका छन्,’ विश्वविद्यालयकी एक विद्यार्थी तथा महिला अधिकार अभियन्ता भन्छिन् ।

सुुरुमा पोस्टर देख्दा आफू डराएको बताउँदै उनले भनिन्, ‘उनीहरुले मलाई बुर्का लगाउन भनेका छन् । उनीहरुले भनेको मैले कहिल्यै मान्दिनँ ।’

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ४५ बजे

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा

शान्ति सम्झौता गर्ने आशामा दूत विटकफलाई मस्को पठाउने ट्रम्पको तयारी

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई

मधेसमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका

टस हारेर विराटनगरविरुद्ध पहिला ब्याटिङ चितवन गर्दै 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर