एमाले जिल्ला अधिवेशन : गोर्खामा अध्यक्षसहित ६० पदमा सर्वसहमत « Khabarhub

एमाले जिल्ला अधिवेशन : गोर्खामा अध्यक्षसहित ६० पदमा सर्वसहमत


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेकपा एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनले अध्यक्ष प्रेमबहादुर गुरुङसहित ६० जना सदस्यलाई सर्वसहमत चयन गरेको छ । शुक्रबार सुरू भएको अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ६० सदस्य सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोकाको एकल उमेदवारी परेको थियो । ‘तीन जना पदाधिकारी, भूगोलतर्फबाट जिल्ला कमिटी सदस्य ५० जना र खुला महिलातर्फबाट सात जना जिल्ला कमिटी सदस्यसहित ६० जना सदस्य सर्वसम्मत भएका हुन्,’ निर्वाचन अधिकृत रमेश अधिकारीले भने ।

पदाधिकारीमध्ये उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि तीन जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको हो ।

यस्तै, पुरुष खुला सदस्यमा २० सिटमध्ये २९ जनाको उम्मेदवारी परेको छ भने उत्पिडितमा तीन सिटमध्ये १३ जनाको उम्मेदवारी परेको छ । यस्तै, जनजाति पुरुषमा पाँच सिटमध्ये १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

‘सिटभन्दा बढीको उम्मेदवारी परेपछि उपसचिव, पुरुष खुला, उत्पिडित, जनजातितर्फ निर्वाचन भइरहेको छ,’ अधिकृत अधिकारीले भने । सर्वसहमत हुन नसकेका पद निर्वाचनबाट टुङ्ग्याउन आइतबार बिहान १०ः१५ बजेबाट मतदान सुरू भएको छ । बिहान साढे ७ बजेदेखि मतदान भनि पनि समयमै सुरु हुन सकेको थिएन ।

अधिवेशनमा पाँच सय ९८ जना प्रतिनिधिले मतदान गर्ने छन् । अहिलेसम्म करिब तीन सय जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने अधिवेशन अध्यक्ष मण्डलकी अध्यक्ष तथा केन्द्रीय सदस्य सम्झना देवकोटाले जानकारी दिइन । निर्वाचित कमिटी तथा अध्यक्षले १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान छ ।

मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ३ : २२ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले