एमाले जिल्ला अधिवेशन : गोर्खामा अध्यक्षसहित ६० पदमा सर्वसहमत « Khabarhub

एमाले जिल्ला अधिवेशन : गोर्खामा अध्यक्षसहित ६० पदमा सर्वसहमत


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेकपा एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनले अध्यक्ष प्रेमबहादुर गुरुङसहित ६० जना सदस्यलाई सर्वसहमत चयन गरेको छ । शुक्रबार सुरू भएको अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ६० सदस्य सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोकाको एकल उमेदवारी परेको थियो । ‘तीन जना पदाधिकारी, भूगोलतर्फबाट जिल्ला कमिटी सदस्य ५० जना र खुला महिलातर्फबाट सात जना जिल्ला कमिटी सदस्यसहित ६० जना सदस्य सर्वसम्मत भएका हुन्,’ निर्वाचन अधिकृत रमेश अधिकारीले भने ।

पदाधिकारीमध्ये उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि तीन जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको हो ।

यस्तै, पुरुष खुला सदस्यमा २० सिटमध्ये २९ जनाको उम्मेदवारी परेको छ भने उत्पिडितमा तीन सिटमध्ये १३ जनाको उम्मेदवारी परेको छ । यस्तै, जनजाति पुरुषमा पाँच सिटमध्ये १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

‘सिटभन्दा बढीको उम्मेदवारी परेपछि उपसचिव, पुरुष खुला, उत्पिडित, जनजातितर्फ निर्वाचन भइरहेको छ,’ अधिकृत अधिकारीले भने । सर्वसहमत हुन नसकेका पद निर्वाचनबाट टुङ्ग्याउन आइतबार बिहान १०ः१५ बजेबाट मतदान सुरू भएको छ । बिहान साढे ७ बजेदेखि मतदान भनि पनि समयमै सुरु हुन सकेको थिएन ।

अधिवेशनमा पाँच सय ९८ जना प्रतिनिधिले मतदान गर्ने छन् । अहिलेसम्म करिब तीन सय जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने अधिवेशन अध्यक्ष मण्डलकी अध्यक्ष तथा केन्द्रीय सदस्य सम्झना देवकोटाले जानकारी दिइन । निर्वाचित कमिटी तथा अध्यक्षले १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान छ ।

मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ३ : २२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना