नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन खोजेका बताससँग मेरो कुनै नाता छैन: केपी ओली « Khabarhub

नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन खोजेका बताससँग मेरो कुनै नाता छैन: केपी ओली


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले नक्कली ज्वाइँ खडा गरेर आफुलाई बदनाम गराउन खोजेको टिप्पणी गरेका छन् ।

आइतबार झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा रहेकाले भ्रष्टाचार छोप्न नक्कली ज्वाइँ खडा गरेर आफुलाई बदनाम गराउन खोजेको टिप्पणी गरेका हुन् ।

नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको उनले बताए । ओलीले सरकारले नारायणहिटीलाई निल्न खोजेको र जनता कराएपछि भाग्न बाध्य भएको उल्लेख गरे ।

त्यस्तै उनले जनादेशबाट परमादेश भएको यो ‘म्यादी सरकार’ भएको भन्दै अब चुनावबाट स्वच्छ र विकसित सरकार एमालेले बनाउने धारणा राखे ।

सहिद मनोज झपेन्दै स्मृति सामुदायिक राष्ट्र सेवक भवनको उद्घाटन पश्चात् ओली कमल गाउँपालिका– ७ स्थित गेउरियामा निर्माणाधीन आयुर्वेदिक औषधालयको निरीक्षण गरेका थिए । आइतबार नै उनले झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन समेत गरे ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ६ : ४३ बजे

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन