एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित « Khabarhub

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेकपा एमाले लमजुङको ८औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन ।

सातौं अधिवेशनको ९ वर्षपछि भएको आठौं अधिवेशनले अधिकारी निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने देखिएको छ । उपाध्यक्ष पदका लागि दुई जना, सचिव पदमा दुई जना र उपसचिवमा सात जनाको उम्मेदवारी परेको छ ।

पाँच जना पदाधिकारीमा एक जनामात्रै महिलाको उम्मेदवारी परेको छ । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई जना गरी पाँच जना रहेकोमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीमा दर्ता गरिएका १२ जना मध्ये अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् भने एक जनामात्रै महिला उम्मेदवार छन् ।

उपाध्यक्ष पदका लागि अखिल नेपाल महिला संघ (अनेमसंघ)की जिल्ला अध्यक्ष यशोदा रिमालले उम्मेदवारी दर्ता गराएकी हुन् । उपाध्यक्ष बाहेक अरू कुनै पनि पदमा महिलाले उम्मेदवारी दिएका छैनन् । उपसचिवमा सात जनाले उम्मेदवारी दिएकोमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन ।

उपाध्यक्षमा बेसीशहर नगरपालिका(७ का वडाध्यक्ष एवं युवा संघका केन्द्रीय सचिव गोविन्द बस्नेतले पनि उम्मेदवारी दिएका छन् । सचिवमा सुभाष पौडेल र राजेन्द्र बोहराले उम्मेदवारी दिएका छन् । उपसचिवमा कृष्ण केसी, रामचन्द्र भट्ट, जितबहादुर गुरुङ, हिरालाल विक, जनकराज मिश्र, विवश बुढाथोकी र जीवराज घलेको उम्मेदवारी दर्ता भएको नेकपा एमाले लमजुङ ८औं अधिवेशन निर्वाचन कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ३८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा