काजकिस्तानको प्रदर्शनमा १६४ जना मारिए « Khabarhub

काजकिस्तानको प्रदर्शनमा १६४ जना मारिए


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलमाटी– काजकिस्तानमा जारी बिरोध प्रदर्शनमा दर्जनौको मृत्यु भएको छ । काजकिस्तान सरकारले आइतबार बताए अनुसार देशमा जारी बिरोध प्रदर्शनमा पछिल्लो हप्ता १६४ जना मारिएका छन् ।

सरकारी समाचार संस्था खबर २४ मा देशको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाइएको यो संख्या यसअघि उल्लेख गरिएको संख्याको निकै बढी हो। तर मृत्युको यो आँकडामा नागरिक मात्र छन् या सुरक्षाकर्मी पनि छन् भन्ने खुलाइएको छैन ।

यसअघि काजकिस्तानका अधिकारीहरुले प्रदर्शनमा नेशनल गार्डका १६ जवान मारिएको र सर्वसाधारण २६ जना मारिएको बताएका थिए।

बीबीसीका अनुसार सबैभन्दा धेरै मृत्यु देशको सबैभन्दा ठूलो सहर अलमाटीमा भएको छ। जहाँ १‍०३ भन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ सरकारी भवन कब्जा गर्दै प्रदर्शनकरीहरुले कतिपयमा आगो लगाइदिएका थिए । एजेन्सी

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : १८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको