बालकोटमा ओली-कोइरालाबीच के कुराकानी भयो ? « Khabarhub

बालकोटमा ओली-कोइरालाबीच के कुराकानी भयो ?


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ कोइराला बालकोट पुगेका हुन् ।

ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् ।

थपलियाका अनुसार बालकोटमा ओली र कोइरालाबीच अढाइ घण्टा कुराकानी भएको हो । छलफल एमसीसी अनुमोदन, स्थानीय चुनाव र संसदमा जारी अवरोध हटाउने विषयमा केन्द्रित थियो ।

लामो तयारीपिछि निर्वाचन आयोगले वैशाख ३० मा स्थानीय निकायको निर्वाचन एकसाथ गर्ने घोषणा गरिसकेको छ । कोइरालासँगको भेटमा ओलीले तोकेकै समयमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए ।

त्यस्तै एमालेले प्रतिनिधि सभा निरन्तर अवरुद्ध गर्दै आएको विषयमा पनि दुई नेताबीच कुरा भएको छ । थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ ।

काँग्रेसभित्र १४ औं महाधिवेशनपछि दरिलो उपस्थिति देखाएका कोइरालाले राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : १६ बजे

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन