काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ महाधिवेशन केवल पद व्यवस्थापनका लागि मात्र नभई पार्टीको वर्तमान र भविष्यबारे गम्भीर समीक्षा गर्ने थलो भएको बताएकी छन्।
आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसालले लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै भावी बाटो तय गर्नुपर्नेमा जोड दिइन्।
“२००४ सालदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने तथा खुला संवाद गर्ने थलोका रूपमा यो महाधिवेशन भइरहेको छ,” उनले भनिन्।
उनले कांग्रेसका नेता-कार्यकर्ताका साथै सम्पूर्ण लोकतन्त्रप्रेमीहरूका लागि यो महाधिवेशन आत्मसमीक्षाको उत्तम अवसर भएको उल्लेख गरिन्। महाधिवेशनमार्फत पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा निर्देश गर्नुपर्ने उनको भनाइ थियो।














प्रतिक्रिया