कतारमा कोरोना संक्रमण घट्यो, स्वास्थ्य मापदण्ड पालना नगर्ने कारवाहीमा « Khabarhub

कतारमा कोरोना संक्रमण घट्यो, स्वास्थ्य मापदण्ड पालना नगर्ने कारवाहीमा


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक कतारमा कोरोना संक्रमणदर घट्दै गएको छ । यसअघि दैनिक चार हजार भन्दामाथि थपिने गरेको दैनिक संक्रमण हाल एक हजारभन्दा तल झरेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ८ सय १९ जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये १ सय ३८ विदेशबाट फर्केका यात्रु हुन्। योसँगै कतारमा संक्रमितको संख्या ३ लाख ४७ हजार ३६५ पुगेको छ ।

यस अवधिमा १ हजार ४७७ जना संक्रिमत निको भएका छन्। योसँगै निको हुनेको संख्या ३ लाख ३५ हजार २५७ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ८८ वर्षीय नागरिकको मृत्यु भएसँगै मृतकको संख्या ६५३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल कतारमा सक्रिय संक्रमितको संख्या ११ हजार ४५५ रहेको छ भने १४२ जनाको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ४३ जनाको आइसियुमा उपचार भइरहेको जनाएको छ ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५ सय ४४ जनालाई कारबाही

संक्रमण तीव्र रूपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरू विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार मात्र कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५ सय ४४ जनालाई कारबाही गरिएको जनाएको छ ।

जस अन्तर्गत मास्क नलगाएकोमा ४ सय १८ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको १ सय २० र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ६ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसँगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरी थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौँ व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नागरिकलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारीविरुद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ७ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले