यस्तो छ जापानमा बारम्बार भूकम्प जानुको कारण « Khabarhub

यस्तो छ जापानमा बारम्बार भूकम्प जानुको कारण


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा  जापानीले बारम्बार भूकम्प महसुस गर्छन् । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरूका अनुसार दक्षिणी जापानमा ठुलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठुला रास हुन सक्छन् ।

वैज्ञानिकहरूले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठुला भूकम्पहरुबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरूमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरुको भनाई छ ।

‘कहिले, कहाँ र कसरी ठुला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यवाणी गर्न सकिँदैन । तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउँदा हामी निकट भविष्यका प्रक्रियाहरू अनुमान सुरु गर्न सक्छौँ,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भूभौतिकविद् शुइची कोदाइरा भन्छन् । उनको भनाईलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उद्धृत गरेको छ ।

कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरूले २० वर्षदेखिको भूकम्पीय तथ्याङ्क जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौँ रेकर्डहरू समावेश गरिएको थियो ।

अहिलेसम्मकै ठुलो सेस्मिक डाटालाई  विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टारलाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरु विश्वास गर्छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ३६ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको