पाकिस्तानको नयाँ राष्ट्रिय नीतिको सुरक्षा विज्ञद्वारा आलोचना « Khabarhub

पाकिस्तानको नयाँ राष्ट्रिय नीतिको सुरक्षा विज्ञद्वारा आलोचना


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद–पाकिस्तानमा ल्याइएको राष्ट्रिय सुरक्षा नीतिको विरोध गर्दै देशका सुरक्षा विशेषज्ञहरुले आलोचना गरेका छन् । ठूला–ठूला दाबीका बाबजुद पनि देशको सुरक्षालाई समग्रतामा हेर्ने नीतिको भू–अर्थशास्त्र र मानव संसाधन विकास पक्षमा खासै ध्यान नदिइएको विज्ञहरुले बताएका छन् ।

राष्ट्रिय सुरक्षा समितिको स्वीकृतिपछि गत महिना संघीय मन्त्रिपरिषद्ले एनएसपीलाई अनुमोदन गरेको थियो । केहि हप्तापछि, भर्खरै स्वीकृत राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करण जारी गरिएको थियो ।

यो नीतिले आगामी वर्षहरूमा देशले कस्तो दिशा लिनुपर्छ भन्ने कुरालाई परिभाषित गरेको छ, जसलाई निर्माताहरुले आर्थिक सुरक्षामा विशेष जोड दिएको बताएको छ । राष्ट्रिय सुरक्षा नीतिको सुरुवात भएदेखि नै पाकिस्तानका केही सुरक्षा विशेषज्ञ र मिडियाबाट कडा आलोचना भएको थियो ।

पाकिस्तानी सञ्चारमाध्यम डन अखबारको हालैको टिप्पणीमा एक पाकिस्तानी लेखकले ऐतिहासिक कारणहरूले गर्दा, पाकिस्तान एक संकट व्यवस्थापनबाट अर्कोमा पीडा गइरहेको बताए । देशलाई कसरी अगाडि बढाउने भन्ने दीर्घकालीन सोचविना अल्पकालीन निर्णय लिन देश बाध्य भएको लेखकले बताएका छन् ।

अर्को राजनीतिक टिप्पणीकार आयशा सिद्दिकाका अनुसार पाकिस्तानले आफ्नो भू अर्थशास्त्रलाई प्रभावकारी रूपमा ठूलो छिमेकीसँग सञ्चालन नगरेसम्म राष्ट्रिय सुरक्षा नीति सफल हुन नसक्ने बताएकी छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : ०० बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन