यस्तो छ अनुपमको ‘उचाइ’ लुक्स | Khabarhub Khabarhub

यस्तो छ अनुपमको ‘उचाइ’ लुक्स


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा सेयर गरिरहन्छन् । यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘उचाइ’को सेटको एक बीटीएस तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिरमा अनुपमलाई फरक लुक्समा देख्न सकिन्छ । अभिनेता ग्रे रंगको स्वेटर लगाएर अनुहारमा गम्भीर भाव व्यक्त गरेका छन् । ‘मलाई यो तस्बिर मनपर्छ । आशा छ कि तपाईंलाई पनि यो मनपर्नेछ । सुरज बडजात्याको उचाइ सेटबाट अभिनेता बोमन इरानीले लिएको तस्बिर’, उनले लेखेका छन् ।

सुरजको निर्देशनमा बनेको फिल्मको निर्माण राजश्री प्रोडक्सन हाउसले गरेको हो । फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, सारिका र डेनी प्रमुख भूमिकामा छन् । यो फिल्मको सुटिङ केही महिनाअघि नेपालमा गरिएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : ११ बजे

सभामुखले दलका मुख्य सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको