शेखर कोइराला समूहको बैठक सम्पर्क कार्यालयमा « Khabarhub

शेखर कोइराला समूहको बैठक सम्पर्क कार्यालयमा


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनी समूहको नेता छलफलमा जुटेका छन् ।

कांग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए । आफ्नो समूहको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै छन् ।

कोइरालाले देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्ने नेता परियारले जानकारी दिए । उनका अनुसार सभापति र नेता कोइरालाबीचको भेटमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुनेछ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक नजिकिएपछि कोइराला समूहले निरन्तर छलफल गरेर सभापतिलाई भेट्न लागेको हो । कोइराला समूहले सभापतिसँगको भेटमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डालगायत समसामयिक विषयमा छलफल गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ०० बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक