साउदीमा जेल जीवन बिताएर स्वदेश फर्किए ३० नेपाली « Khabarhub

साउदीमा जेल जीवन बिताएर स्वदेश फर्किए ३० नेपाली



दोहा – साउदी अरबमा जेल जीवन बिताएर ३० नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई  गैर कानुनी रूपमा कार्यरत रहँदा साउदी प्रहरीले पक्राउ गरेको थियो ।

रियादस्थित नेपाली दूतावासको पहलमा त्यहाँको अलहासा जेलमा रहेका २७ र खोबरमा रहेका ३ जना नेपालीलाई अल जजिरा एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जानकारी दिएको छ ।

दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानका अनुसार कम्पनीको उजुरीको आधारमा पक्राउ परेका उनीहरु विगत ३ महिनादेखि जेल जीवन बिताइरहेका थिए । साउदी सरकारसँगको समन्वयमा एकै पटक यति ठुलो संख्याका नेपालीलाई जेल मुक्त गरी स्वदेश फर्काउन सफल भएको उनले बताए ।

यसरी स्वदेश फर्किनेहरू सबैलाई साउदी सरकारले हवाई टिकट उपलब्ध गराएको हो । स्वदेश फर्किनेहरूमा कुशल नोनिया, प्रकाश सहनी, सीतल प्रसाद मुखिया, राम सेवक मुखिया, जौतिक माली ,सुरेश महतो, दुर्गा बहादुर बिके, राम उमेश शाह, मुकेश शाह, वसन्त सुनार र राम नाथ प्यासी रहेका छन् ।

यसै गरी, आशाराम मुखिया, रामकुमार यादव, ललन राय अमट, अमिर धिमाल, बिक्रम सुनार, सुदन दराई, राजेन्द्र भण्डारी, राम पुकार मुखिया, डम्बर यादव, मनोज कुमार दास, गर्भु ठाकुर, निरन खत्बे, मजिबुल नदाफ, विजय नेपाली, हरिजन कौलेश्वर, राज किशोर पासवान, सुरेश यादव, बिरवल दाहाल र पोम बहादुर सारु मगर रहेको उनले बताए ।

एक हप्तामै १३ हजार ७ सय ७१ जना पक्राउ

एक हप्ताको अवधिमै १३ हजार ७ सय ७१ जना गैर कानुनी रूपमा कार्यरत विदेशी कामदारहरूलाई प्रकाउ गरेको छ । त्यहाँको राहदानी महानिर्देशनालयकाअनुसार एक हप्ताभित्र विभिन्न ठाउँबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

गत २४ फेब्रवरीदेखि २ मार्चसम्म सुरक्षा निकायका विभिन्न एकाइ र राहदानी महानिर्देशनालयले संयुक्त फिल्ड अभियान चलाएको थियो । त्यसक्रममा रेसिडेन्सी ऐन उल्लंघन गर्ने ७ हजार १६३, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार ५ सय ४२ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६६ जनालाई पक्राउ गरिएको हो।

सीमा पार गर्न खोज्दा १५० जना पक्राउ परेका थिए। जसमध्ये ४६ प्रतिशत यमनी, ४२ प्रतिशत इथियोपियाली र १२ प्रतिशत अन्य देशका थिए । २ सय ३७ जनालाई देशको सीमा पार गरेर भाग्न खोजेको आरोपमा पक्राउ गरिएको थियो । उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ८ जनालाई पनि पक्राउ गरेको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

हाल साउदीले भिसाको म्याद सकिए पनि (गैर कानुनी रूपमा) लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी अभियान चलाएरै सयौँ नेपालीहरूलाईसमेत पक्राउ गरेको र हाल उनीहरूलाई जेलमा राखिएको बुझिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ३४ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र