प्रर्दशनी स्थल निमार्ण गर्न ललितपुरका महिला उद्यमीहरूको माग « Khabarhub

प्रर्दशनी स्थल निमार्ण गर्न ललितपुरका महिला उद्यमीहरूको माग


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – महिला उद्यमीहरूले ललितपुरमा आफूहरूले उत्पादन गरेको सामान बिक्री वितरणका लागि प्रर्दशनी स्थल निर्माण गर्न माग गरेका छन् ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महिला उद्यमी महासंघकी वासन्ती प्रधानले आफूहरूले उत्पादन गरेको नेपाली सामान बिक्री तथा प्रर्दशनका लागि स्थायी प्रकृतिको प्रर्दशनी स्थल नभएको बताइन् ।

उनले भनिन्, ‘पाटन बसन्तपुरमा पर्यटकहरूलाई विभिन्न सरसामान बिक्री गरिन्छ । तर, त्यो सामान नेपाली हो होइन हामी एकिनका साथ भन्न सक्दैनौं । त्यसैले नेपाली सामान बिक्री प्रर्दशनका लागि स्थायी प्रर्दशनी स्थल निर्माण गर्न हामी माग गछौं ।’

कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आफूले ललितपुरमा बनेका सामान प्रर्दशनीका लागि प्रर्दशनी स्थल बनाउने बताए । उनले भने, ‘ललितपर महानगर परिसरमै यो प्रर्दशनी स्थल बनाउन सकिन्छ ।’

यद्यपि, मेयर महर्जनले लामो समयदेखि प्रर्दशनी स्थल निर्माण गर्ने बताए । उपमेयर गिता सत्यालले महानगरको कार्ययोजनामा प्रर्दशनी स्थल निर्माण गर्ने उल्लेख भए पनि काम भने नभएको स्वीकार गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले हस्तकला नगर पाटनमा प्रर्दशनी स्थल नहुनु दुखद्को रहेको उल्लेख गर्दै प्रर्दशनी स्थल नहुँदा बजार प्रवर्द्धनमा अप्ठ्यारो परेको बताइन् ।

ललितपुरउद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले संघ सधै महिला उद्यमीहरूको साथमा रहेको बताउँदै ललितपुरमा लामो समयदेखि प्रर्दशनी स्थलको माग गरे पनि अहिलेसम्म माग पूरा नभएकोमा दुःख व्यक्त गरे ।

सिभिल बैक एसएमई प्रमुख किरण खड्काले बैंकले महिला उद्यमीहरूलाई सहुलीयत कर्जा दिएको बताउँदै उत्पादनमुलक उद्यम गर्ने बैंकले सधैँ सघाउने बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ४४ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि