प्रर्दशनी स्थल निमार्ण गर्न ललितपुरका महिला उद्यमीहरूको माग « Khabarhub

प्रर्दशनी स्थल निमार्ण गर्न ललितपुरका महिला उद्यमीहरूको माग


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – महिला उद्यमीहरूले ललितपुरमा आफूहरूले उत्पादन गरेको सामान बिक्री वितरणका लागि प्रर्दशनी स्थल निर्माण गर्न माग गरेका छन् ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महिला उद्यमी महासंघकी वासन्ती प्रधानले आफूहरूले उत्पादन गरेको नेपाली सामान बिक्री तथा प्रर्दशनका लागि स्थायी प्रकृतिको प्रर्दशनी स्थल नभएको बताइन् ।

उनले भनिन्, ‘पाटन बसन्तपुरमा पर्यटकहरूलाई विभिन्न सरसामान बिक्री गरिन्छ । तर, त्यो सामान नेपाली हो होइन हामी एकिनका साथ भन्न सक्दैनौं । त्यसैले नेपाली सामान बिक्री प्रर्दशनका लागि स्थायी प्रर्दशनी स्थल निर्माण गर्न हामी माग गछौं ।’

कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आफूले ललितपुरमा बनेका सामान प्रर्दशनीका लागि प्रर्दशनी स्थल बनाउने बताए । उनले भने, ‘ललितपर महानगर परिसरमै यो प्रर्दशनी स्थल बनाउन सकिन्छ ।’

यद्यपि, मेयर महर्जनले लामो समयदेखि प्रर्दशनी स्थल निर्माण गर्ने बताए । उपमेयर गिता सत्यालले महानगरको कार्ययोजनामा प्रर्दशनी स्थल निर्माण गर्ने उल्लेख भए पनि काम भने नभएको स्वीकार गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले हस्तकला नगर पाटनमा प्रर्दशनी स्थल नहुनु दुखद्को रहेको उल्लेख गर्दै प्रर्दशनी स्थल नहुँदा बजार प्रवर्द्धनमा अप्ठ्यारो परेको बताइन् ।

ललितपुरउद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले संघ सधै महिला उद्यमीहरूको साथमा रहेको बताउँदै ललितपुरमा लामो समयदेखि प्रर्दशनी स्थलको माग गरे पनि अहिलेसम्म माग पूरा नभएकोमा दुःख व्यक्त गरे ।

सिभिल बैक एसएमई प्रमुख किरण खड्काले बैंकले महिला उद्यमीहरूलाई सहुलीयत कर्जा दिएको बताउँदै उत्पादनमुलक उद्यम गर्ने बैंकले सधैँ सघाउने बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ४४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको