दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५ ८१ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको रा ६ प ६८ ४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कार चालक फरार भएकोले खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १२ : १२ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री