बन्दुक छाडेर फेरि चुलोचौकोमै फर्किइन् उर्मिला « Khabarhub

बन्दुक छाडेर फेरि चुलोचौकोमै फर्किइन् उर्मिला


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दश वर्षे माओवादी सशस्त्र जनयुद्धमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले सुरु गरेको युद्धले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचोको अन्त्य हुन्छ भनेर देखाइएको सपना भ्रम रहेको उनको भनाइ छ ।

देश परिवर्तन गर्छु भनेर हिँड्ने माओवादीका नेताहरू अहिले आफैँ अधिकारको दुरुपयोग गर्दै आफू र आफन्तको हितमा केन्द्रित भएको उनको गुनासो छ ।

युद्धमा होमिँदा महिला हिंसाको अन्त्य हुन्छ, बालविवाह, बहुविवाहको अन्त्य हुन्छ, सर्वहारा वर्गको राज्यसत्ता स्थापना भए उत्पीडित नागरिकका दिन आउँछन् भन्ने सपना देखाइएपछि उनी ८ साउन २०५८ मा माओवादी युद्धमा होमिएकी थिइन् ।

दुल्लु नगरपालिका माइती घर भएकी उर्मिलाको घर नजिकै प्रहरी चौकी थियो । उनी कक्षा ९ मा पढ्दै थिइन् । विद्यालय आउँदा जाँदा प्रहरीले उनलाई माओवादी कहाँ छन् भनेर सोध्ने गर्थे । प्रहरीले माओवादीबारे सोध्न थालेपछि उनलाई माओवादीमा जाने सोचमा पुगिन् ।महिलामुक्ति, जातीयमुक्तिका निम्ति लड्नुपर्छ भन्दै माओवादी कार्यकर्ताले उनलाई फकाउन थालेपछि उर्मिलालाई युद्धमा होमिन मन लाग्यो ।

तर, आफूलाई देखाएको सपना सपनामै सीमित रहेको उर्मिलाको गुनासो छ । माओवादी युद्धताका उनको प्रेरणाले चुलो चौकोमा सीमित कैयौँ किशोरी युद्धमा होमिन तयार भए । तर, उनी अहिले आफैँ पीडित र अशक्त छिन् । बन्दुक बिसाएर अहिले उनी चुलोचौकोमै छिन् ।

फागुन २०५८ मा अछामको मङ्गलसेन आक्रमण गर्दा सहभागी भएकी उर्मिला सेक्सन भिसिसमेत भएकी थिइन् । विभिन्न स्थानमा भएका आक्रमणमा होमिएकी उर्मिला रुकुमको खार आक्रमण पश्चात् अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमणमा भने घाइते भइन् । सो भिडन्तमा बायाँ खुट्टाको ह्पि हुँदै गोली बाहिर निस्केको उनी बताउँछिन् ।

उनको उपचार नेपालमा सम्भव नभएपछि भारतको लखनउ पुर्‍याइयो । उनको उपचार त्यहाँ पनि सम्भव भएन । त्यहाँबाट पनि भारतको पन्जाबको जलनधर पुगेर उपचार गरेको उर्मिला सम्झिनछिन् । तर, उपचार भइरहेको भारतीय आर्मीले जानकारी पाएपछि उर्मिलालाई राम्रोसँग उपचार नगरी २०६२ मा नेपाल ल्याइयो । त्यसपछि नेपालगन्ज क्षेत्रीय अस्पतालमा राखियो ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला उनी उर्मिला दैलेख जिल्ला फर्किइन् । तर, ज्यानको बाजी मारेर लडाइँ गर्दा पनि न देशको न आफ्नै जीवनमा परिवर्तन आउन नसक्दा उनलाई चिन्तित् बनाएको बताउँछिन् ।

‘१७ वटा लडाइँ लडेर अहिले न त कुनै व्यवस्था भयो । अपांग शरीर लिएर चुलौचौकोमै थन्किनुपरेको छ,’ उनले भनिन् । एक्लै रहेकी उनलाई कसैको साथ छैन । युद्धमा गोली लागेर शारीरिक रुपमा अपांग रहेकी उनलाई आर्थिक संकट भएको बताउँछिन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : २५ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि