अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ– मोरङ व्यापार संघ « Khabarhub

अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ– मोरङ व्यापार संघ


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङ व्यापार संघले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच छलफल गरेको छ ।

अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था संकटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरूले अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्  ।

छलफलमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, तरलता अभाव र व्यापार घाटा लगायत विषयमा तत्काल सुधार ल्याउँनुपर्नेमा जोड दिए ।

नेपालको आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित रहेकाले कृषिजन्य उत्पादन र उत्पादकत्वलाई पहिलो प्राथमिकतामा राख्न तथा मुलुकको अर्थतन्त्रलाई आयात मुखी भन्दा पनि निर्यातमुखी बनाउन सक्नुपर्छ धमलाले भने ।

दक्ष जनशक्ति अभावका कारण मुलुकको उत्पादनमा असर पुगेको उल्लेख गर्दै उनले बैंकको ब्याजदर अत्यधिक वृद्धि हुँदा उत्पादनमासमेत असर पुगेको हुँदा अर्थतन्त्रलाई चलायमान बनाउन करको दायरामा कटौती गर्नुपर्ने, नयाँ नयाँ शीर्षकमा कर सङ्कलन गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए  ।

प्रा डा पिके झाले नेपालका आर्थिक नीति प्रभावकारी हुन नसकेको बताउँदै विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुने गरेको  बताए ।

उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिदैँ उनले दिगो विकासको मेरुदण्डनै  उद्यमशीलता रहेकाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने औँल्याएका थिए  ।

उनले स्वदेशी प्रविधिलाई प्राथमिकता दिएर कच्चापदार्थको नाममा विदेशिने पुँजीलाई मुलुकमा नै चलायमान बनाउनुपर्ने बताउँदै नेपाल स्रोतसाधन सम्पन्न मुलुक हुँदाहुँदै नेपालको अर्थतन्त्र दुरावस्थामा पुग्नु खेदको विषय रहेको बताए । 

डा सन्देशदास श्रेष्ठले यस्ता छलफलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारलाई पथप्रदर्शक हुने विश्वास व्यक्त गरे । सङ्घका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा, अमित सारडा लगायतले अर्थतन्त्रको विद्यमान समस्याका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : १२ बजे

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’