निर्वाचनमा गठबन्धन दलहरूबीच मिलेर जाने सहमति भएको माधव नेपालको दाबी | Khabarhub Khabarhub

निर्वाचनमा गठबन्धन दलहरूबीच मिलेर जाने सहमति भएको माधव नेपालको दाबी

एमसीसीविरुद्ध आवाज नउठाउन आग्रह


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच आगामी स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भएको बताएका छन्। आजबाट काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावमा सत्तारुढ दलहरूबीच सहकार्य हुने सहमति भएको बताए। उनले गठबन्धन दलहरूबीचको गठबन्धन तोड्न भएको भयकंर षड्यन्त्रहरूलाई विफल पारिएको दाबी गरे।

नेता नेपालले एमसीसीका बारेमा पार्टीले निर्णय गरिसकेको र संसदबाट संकल्प प्रस्तावसमेत पाए भइसकेको अबस्थामा त्यसविरूद्ध नलाग्न निर्देशन दिँदै यसअघि लेखिएका स्ट्याटसहरु समेत डिलिट गर्न आग्रह गरे। उनले केन्द्रीय सदस्यहरूलाई आउँदा दिनमा एमसीसीविरुद्ध आवाज नउठाउन पनि आग्रह।

एमसीसीका विषयमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले ११ पृष्ठ लाको प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा उनले एमसीसी पारित नगरेको भए नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको उल्लेख गरेका छन्। नेपालले एमसीसीको विपक्षमा लागेको भए आफ्नो पार्टी र गठबन्धन भत्किने र सभामुखको समेत पद खतरामा परेकाले एमसीसी पास गर्ने निर्णय लिइएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ०६ बजे

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं– देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र

दाउन्ने सडक फेरि अवरुद्ध

काठमाडौं – महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी