निर्वाचनमा गठबन्धन दलहरूबीच मिलेर जाने सहमति भएको माधव नेपालको दाबी « Khabarhub

निर्वाचनमा गठबन्धन दलहरूबीच मिलेर जाने सहमति भएको माधव नेपालको दाबी

एमसीसीविरुद्ध आवाज नउठाउन आग्रह


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच आगामी स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भएको बताएका छन्। आजबाट काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावमा सत्तारुढ दलहरूबीच सहकार्य हुने सहमति भएको बताए। उनले गठबन्धन दलहरूबीचको गठबन्धन तोड्न भएको भयकंर षड्यन्त्रहरूलाई विफल पारिएको दाबी गरे।

नेता नेपालले एमसीसीका बारेमा पार्टीले निर्णय गरिसकेको र संसदबाट संकल्प प्रस्तावसमेत पाए भइसकेको अबस्थामा त्यसविरूद्ध नलाग्न निर्देशन दिँदै यसअघि लेखिएका स्ट्याटसहरु समेत डिलिट गर्न आग्रह गरे। उनले केन्द्रीय सदस्यहरूलाई आउँदा दिनमा एमसीसीविरुद्ध आवाज नउठाउन पनि आग्रह।

एमसीसीका विषयमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले ११ पृष्ठ लाको प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा उनले एमसीसी पारित नगरेको भए नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको उल्लेख गरेका छन्। नेपालले एमसीसीको विपक्षमा लागेको भए आफ्नो पार्टी र गठबन्धन भत्किने र सभामुखको समेत पद खतरामा परेकाले एमसीसी पास गर्ने निर्णय लिइएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ०६ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय