सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासीको घरमा बिजुली बल्यो « Khabarhub

सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासीको घरमा बिजुली बल्यो


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका कल्लेनीमा विद्युत् सुविधा पुगेको छ ।

जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो ।कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मगंलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको हो । प्रदेश सरकारको बजेटमार्फत विद्युतीकरण गरिएको केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए । कल्लेनीको ट्रान्सफर्मरबाट आसपासका बस्तीका १०० घरधुरीमा बिजुली वितरण गर्न सकिन्छ । ३२ वटा ट्रान्सफर्मर लागिसक्नु भएको छ । छिमेकी गाउँ छिवाङमा पनि बत्ती बाल्ने तयारी छ, उनले भने दुई वर्षअघि पोल गाडेपनि २०७७ असारको पहिरोले क्षति पुर्‍याएपछि मर्मत गरेर आयोजनालाई पूर्णता दिएका हौँ ।

यसअघि उज्यालोका लागि सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासी बिजुली बलेपछि खुसी भएका छन् । छहरीखोलाको पानीले ‘पेल्ट्रिक सेट’ चलाएपनि नियमित विद्युत् उत्पादन हुन सकेको थिएन ।

विद्युत् सुविधा भएपछि घरायसी कामकाज, उद्यम व्यवसायदेखि बालबालिकाको पठनपाठनमा सहज भएको छ । धवलागिरिको मुनी, फलिगाउँ, मुना र दरमा पनि हालै विद्युतीकरण गरिएको थियो । सबै बस्तीमा केन्द्रीय र लघुजलविद्युत् परियोजनाको बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ ।

तीन हजार १२९ घरधुरी रहेको धवलागिरिलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी भएको अध्यक्ष थमसरा पुनले बताए । वडा न ४ को बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ । गत बर्खामा बाढीले क्षति पुर्‍याएको लुलाङको दरखोला लघुजलविद्युत् परियोजना मर्मतपछि यसै महिनादेखि पुन सञ्चालन भएको छ । ताकमको सबै बस्तीमा केन्द्रीय लाइन विस्तार भएको छ ।

 गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत् सुविधा पुर्‍याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको ‘सोलार सेट’ वितरण गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : २० बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै