भारतद्वारा अफगानिस्तानलाई मानवीय सहयोग « Khabarhub

भारतद्वारा अफगानिस्तानलाई मानवीय सहयोग


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानवीय सहयोगका लागि भारतले अफगानिस्तानलाई २ हजार मेट्रिक टन गहुँ पठाएको छ ।

२ हजार मेट्रिक टन गहुँ बोकेको सवारीको लस्कर भारतको अटारी सीमाबाट अफगानिस्तानतर्फ लागेको भारतीय विदेश मन्त्रालयले जनाएको हो । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमअन्तर्गत ५० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने बाचा अनुसार भारतले अफगानिस्तानतर्फ खाद्य सामग्री पठाएको हो ।

‘अफगान जनतासँगको विशेष सम्बन्धप्रति भारत प्रतिबद्ध छ ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटमार्फत् जनाएका छन् ।

भारतले अफगानिस्तानलाई खाद्य सामग्रीबाहेक कोरोना भाइरसको खोप र अन्य ज्यान बचाउने औषधि समेत पठाउन लागेको जनाइएको छ ।

यसबाहेक पछिल्ला केही सातायता भारतले अफगानिस्तानलाई ५ लाख डोज कोरोनाविरुद्धको खोप र ३.६ टन अन्य औषधीय सहायता प्रदान गरेको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ५८ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व