३२ किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

३२ किलो गाँजासहित दुई जना पक्राउ


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा ३२ किलो अवैध लागूऔषध (गाँजा) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजा सङ्कलन गरेर बिक्री गर्न लागेको अवस्थामा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई पक्राउ गरेको हो ।

खोटाङ र उदयपुरको सिमानामा पर्ने दुर्छिमको बतासेघाट नजिकै रहेको सुइटेखोला बगर किनारमा निलो प्लास्टिकको त्रिपालमाथि बोरामा पोका पारेर गाँजा बिक्री गर्न लागिरहेको सूचनाका आधारमा उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

प्रहरीले खानतलासी गर्दा त्रिपालमाथि राखेको विभिन्न रंगको प्लास्टिकको बोरामा ३२ किलो ४८५ ग्राम गाँजा बरामद गरेको छ । दुई जनालाई कानुन बमोजिम गाँजासहित पक्राउ गरी जिल्ला अदालतबाट लागूऔषध (गाँजा) कसुरमा ६ दिनको म्याद थप अनुमति दिएर हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डिएसपी लम्सालले बताए ।

उनीहरूले गाउँघरमा उत्पादित गाँजा सङ्कलन गर्दै अन्यत्रका बिक्रेतालाई बिक्री गर्ने गरेको प्रहरीले विज्ञाप्तीमार्फत जनाएको छ । गाँजा खरिद गर्ने व्यक्ति पर्खिरहेको अवस्थामा उनीहरूलाई इलाका प्रहरी कार्यालय महादेवस्थान, हलेसीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । गाँजा खरिद गर्न आउने व्यक्ति आउन अगावै उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ४९ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको