भारतीय महावाणिज्य दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस « Khabarhub

भारतीय महावाणिज्य दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- भारतीय महावाणिज्य दूतावासले वीरगन्जमा कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

दूतावासले ‘आजादी का अमृत महोत्सव’को रूपमा वीरगन्जस्थित वाणिज्य दूतावास परिसरमा कार्यक्रम गरेको हो  ।

 महावाणिज्यदूत नितेश कुमारले कार्यक्रम आयोजनाको महत्व र आवश्यकताबारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरूको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको  नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” मा  महिलाहरू द्वारा आफ्ना विचारहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे धारणा राखेका थिए । 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : २८ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल