ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्र्याक्टर « Khabarhub

ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्र्याक्टर


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको ताप्ली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यावसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।

ताप्ली गाउँपालिकाका विभिन्न वडामा क्रियाशील किसान संलग्न कृषि समूह तथा कृषि सहकारीलाई ट्र्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाका अनुसार वडा कार्यालयको सिफारिसमा विभिन्न ठाउँका उद्यमी कृषकको कृषि प्रवर्द्धन तथा आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आफै खरिद गरेर ट्र्याक्टर वितरण गरिएको हो ।

ट्र्याक्टर वितरण गर्दै अध्यक्ष उद्धबसिंह थापाले ताप्लीका जनतालाई कृषिबाटै करोड पति बनाउने योजना अनुरुप ५० प्रतिशत छुट अनुदानमा ट्र्याक्टर वितरण गरिएको जनाए ।

ट्र्याक्टर पाउने किसान समूहहरुमा वडा नं. ५ का सगरमाथा फलफूल व्यवसाय कृषी फार्म, रामपुर तरकारी उत्पादन तथा फलफूल फारम, नमूना कृषक समूह, रीता एकीकृत कृषि तथा पशुपन्छी फारम, शितल एकीकृत कृषि पशुपालन तथा पोल्टी फारम, प्रगतिशील कृषक समूह, दिग्दर्शन एकीकृत कृषि तथा पशुपालन केन्द्र रहेका छन् ।

त्यसैगरी एलिस एकीकृत कृषि तथा पशुपालन केन्द्र, नमुना पशुपन्छी तथा मत्स्य कृषि समूह, आहान एकीकृत कृष समूह र सुनौलो कृषि समूह रहेका छन् । ट्र्याक्टर पाउने अन्य समूहहरुमा पुलटार एकीकृत कृषि समूह ताप्ली गाउँपालिका–२, लेकबेँसी कृषि सहकारी संस्था ताप्ली गाउँपालिका–२ र कन्चन एकीकृत कृषि तथा पशुपालन समूह रहेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

कृषि शाखाका अनुसार एउटा ट्र्याक्टर पाउनका लागि कृषक समूहहरुले ३८ हजार रुपैयाँ लगानी गर्नु पर्ने छ । बाँकी ३८ हजार गाउँपालिकाले अनुदान उपलब्ध गरेर ट्र्याक्टर खरिद गरी वितरण गरिएको हो ।

गाउँपालिकाले १५ वटा ट्र्याक्टरमा १५ कृषक समूहबाट ५ लाख ७० हजार जम्मा भएको र बाँकी रकम गाउँपालिकाको ५ लाख ७० हजार अनुदान गरी ११ लाख ४० हजार मूल्य बराबरको ट्र्याक्टर वितरण गरिएको लेखापाल टीकाराम विकले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ३३ बजे

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो