ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्र्याक्टर « Khabarhub

ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्र्याक्टर


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको ताप्ली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यावसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।

ताप्ली गाउँपालिकाका विभिन्न वडामा क्रियाशील किसान संलग्न कृषि समूह तथा कृषि सहकारीलाई ट्र्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाका अनुसार वडा कार्यालयको सिफारिसमा विभिन्न ठाउँका उद्यमी कृषकको कृषि प्रवर्द्धन तथा आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आफै खरिद गरेर ट्र्याक्टर वितरण गरिएको हो ।

ट्र्याक्टर वितरण गर्दै अध्यक्ष उद्धबसिंह थापाले ताप्लीका जनतालाई कृषिबाटै करोड पति बनाउने योजना अनुरुप ५० प्रतिशत छुट अनुदानमा ट्र्याक्टर वितरण गरिएको जनाए ।

ट्र्याक्टर पाउने किसान समूहहरुमा वडा नं. ५ का सगरमाथा फलफूल व्यवसाय कृषी फार्म, रामपुर तरकारी उत्पादन तथा फलफूल फारम, नमूना कृषक समूह, रीता एकीकृत कृषि तथा पशुपन्छी फारम, शितल एकीकृत कृषि पशुपालन तथा पोल्टी फारम, प्रगतिशील कृषक समूह, दिग्दर्शन एकीकृत कृषि तथा पशुपालन केन्द्र रहेका छन् ।

त्यसैगरी एलिस एकीकृत कृषि तथा पशुपालन केन्द्र, नमुना पशुपन्छी तथा मत्स्य कृषि समूह, आहान एकीकृत कृष समूह र सुनौलो कृषि समूह रहेका छन् । ट्र्याक्टर पाउने अन्य समूहहरुमा पुलटार एकीकृत कृषि समूह ताप्ली गाउँपालिका–२, लेकबेँसी कृषि सहकारी संस्था ताप्ली गाउँपालिका–२ र कन्चन एकीकृत कृषि तथा पशुपालन समूह रहेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

कृषि शाखाका अनुसार एउटा ट्र्याक्टर पाउनका लागि कृषक समूहहरुले ३८ हजार रुपैयाँ लगानी गर्नु पर्ने छ । बाँकी ३८ हजार गाउँपालिकाले अनुदान उपलब्ध गरेर ट्र्याक्टर खरिद गरी वितरण गरिएको हो ।

गाउँपालिकाले १५ वटा ट्र्याक्टरमा १५ कृषक समूहबाट ५ लाख ७० हजार जम्मा भएको र बाँकी रकम गाउँपालिकाको ५ लाख ७० हजार अनुदान गरी ११ लाख ४० हजार मूल्य बराबरको ट्र्याक्टर वितरण गरिएको लेखापाल टीकाराम विकले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ३३ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न