भूमिहीनलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरियो : मन्त्री श्रेष्ठ « Khabarhub

भूमिहीनलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरियो : मन्त्री श्रेष्ठ


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री सशी श्रेष्ठले भूमिहीन जनतालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिएको बताएकी छन्।

मकवानपुरको बागमती गाउँपालिकामा आयोजित भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीनका समस्या सधैंका लागि समाधान गर्ने कसम खाएको बताएकी हुन् ।

संविधान निर्माणको क्रमदेखि नै यथास्थितिवादीले स्वीकार नगरेको बताउँदै उनले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताइन् । ‘अहिलेको गठबन्धन सरकारले हकअधिकारको कार्यान्वयन गर्छ,’ उनले भनिन्, ‘दलित भूमिहीनलाई पूर्जा प्रदान गर्ने अहिलेको सरकारको उच्च प्राथमिकता छ।’

‘पहिलेको सरकार छँदा एक वर्षमा एक हजार भूमिहीनलाई पनि पूर्जा प्रदान गरेको थिएन,’ उनले थपिन् ‘वर्तमान सरकारले ४ महिनामा २० हजार भूमिहीनलाई पूर्जा प्रदान गरिसकेको छ ।’

बागमती गाउँपालिकाले दुई भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ । गाउँपालिका–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई पूर्जा वितरण गरिएको हो १ हजार ७ सय जनाले निवेदन दिएका थिए तर २ जनाले मात्रै पूर्जा पाएका हुन् ।

भुमिहीन दलितकालागि सार्वजनिक सूचना आह्वान गर्नु नपर्ने भएकाले तीन परिवारलाई पुर्जा दिन सम्भव भएको गाउँपालिकाले जनाएको छ । सर्वदलीय बैठक नै नबसी भूमिहीनलाई पूर्जा प्रदान गरिएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतानले असन्तुष्टि जनाएकी छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : ०५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट