युवा संघका सुदूरपश्चिम अध्यक्ष गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिँदै « Khabarhub

युवा संघका सुदूरपश्चिम अध्यक्ष गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिँदै


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेकपा एमालेनिकट युवा संघ नेपाल सुदूरपश्चिम अध्यक्ष सन्तोशप्रकाश जोशीले बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

युवा संघका केन्द्रीय सचिव तथा मदन भण्डारी फाउण्डेशन बैतडीका सचिवसमेत रहेका जोशीले पालिका अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र चुनाव लड्ने बताएका छन् ।

जोशीले भने, ‘बिहीबार गाउँपालिका संगठन कमिटीको बैठक बस्यो, मैले मेरो नाम अध्यक्षको उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरिदिन पटक-पटक आग्रह गरेँ । तर पार्टी जिल्ला अध्यक्षले रोक्न लगाए । मबाहेक तीनको नाम सिफारिस गरिएको कुरा सुन्नमा आएको छ । पार्टीभित्र न्याय नपाएपछि मैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ ।’

डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि एमालेले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा वर्तमान गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा, वर्तमान वडा नम्बर का अध्यक्ष अक्कलबहादुर राना र शिक्षक संगठन आबद्ध प्रेमराज भट्ट रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : ५६ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न