युक्रेनको विद्यालयमा रुसको हमला, ६० जना मारिएको आशंका « Khabarhub

युक्रेनको विद्यालयमा रुसको हमला, ६० जना मारिएको आशंका


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ।

क्षेत्रीय गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए । विस्फोटपछि भवनमा आगलागी भएको थियो ।

’लगभग चार घण्टापछि आगो निभाइएको थियो ।  त्यसपछि भग्नावशेष खाली गरियो, र दुर्भाग्यवश, दुई जनाको शव फेला पर्‍यो’, गैडाइले भने ।‘तीस जनालाई भग्नावशेषबाट निकालिएको थियो, जसमध्ये सात जना घाइते भएका थिए । भवनको भग्नावशेषमुनि ६० जनाको मृत्यु भएको हुनसक्ने सम्भावना छ’, उनले थपे ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ५५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका