'म शासक होइन, जनताको सेवक भएर काम गर्छु' | Khabarhub Khabarhub

‘म शासक होइन, जनताको सेवक भएर काम गर्छु’

'हिजो सबैको मन जितेकी छु, त्यसको पुण्य पाउछु जस्तो लाग्छ'



काठमाडौँको राजनीतिमा रजनी थापा परिचित अनुहार बन्न थालेको छ । विद्यार्थी राजनीतिदेखि आशा र भरोसा बोकिएकी उनी अहिले काठमाडौँकै टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी छन् । टोखामा उसै पनि कांग्रेसको राम्रो पकड क्षेत्रका रुपमा हेरिन्छ । तर पछिल्लो समयको आधुनिक र नयाँ विचारधारा मन पराउने पुस्ताका कारण पकड मात्रै भनेर हुँदैन । यसका लागि उम्मेदवारसँगै प्रस्ट योजना र कार्यक्रम हुनुपर्छ । टोखा नगरपालिकामा विकासको कायापलट गर्ने गरी कांग्रेसबाट मेयरको उम्मेदवार बनेकी रजनी थापासँग त्यस्ता के योजना र कार्यक्रम छन् त ? नजिकिँदो स्थानीय तहको चुनावको सन्दर्भमा लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

भिडियोमा हेर्नुहोस्:

तपाईँ युवा हुनुहुन्छ । तपाईँको मेयरमै उम्मेदवारी चाहिँ किन हो ?
परिवर्तन र विकासको लागि नै मेरो उम्मेदवारी हो ।

तपाईँको राजनीतिक पृष्ठभूमिले जित दिलाउन कत्तिको सहयोग गर्छ ?
कांग्रेसनिकट नेपाल विद्यार्थी संघ सिटीईभीटीको उपाध्यक्ष हुँदै नेपाल ल क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार थिए । त्यतिबेला चुनाव चाहिँ भएन । त्यसपछि टोखा नगरपालिकाको नगर सदस्य, टोखा नगरपालिका नगर सचिव, टोखा नगरपालिका महिला संघको सभापति र हाल क्षेत्रीय सचिव पनि हुँ । यही पृष्ठभूमि भएकै कारण म बलियो उम्मेदवार हो । जित्ने कुरामा शंका छैन ।

स्थानीय चुनावमा मेयरको उम्मेदवारी दिँदै गर्दा विकासका योजनाहरु कस्तो कस्तो राख्नु भएको छ ?
जुन विकास निरन्तर होस् । जुन आँखाले सधैँ देख्न पाइयोस् । जुन विकास भयो रे है भनेर सुन्न पाइयोस् । त्यो विकासलाई टोखा नगरपालिकाका सम्पूर्ण व्यक्तिले अनुभूति गरेर उहाँहरूको जीवन सहज बनाउने योजना छ ।

चुनाव प्रचार प्रसारमा कत्तिको दौडधुप छ ? कत्तिको साथ पाउनु भएको छ ?
टोखा नगरपालिकाको नगर कार्य समिति सबै लाग्नुभएको छ । जिल्ला सभापति, जिल्लाको सदस्यहरू, बागमती प्रदेशको सदस्य प्रतिनिधिज्युहरु, वडाध्यक्षज्यूहरु सबै कांग्रेसका हरेक व्यक्तिहरु लाग्नु भएको छ । अहिलेसम्म धेरैको साथ पाएकी छु ।

गएको कार्यकाल एमालेले जितेको थियो । त्यो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ? पहिलो मेयरले गरेको भन्दा फरक के गर्ने सोचमा हुनुहुन्छ ?
हामी जस्तो युवाले अरुले के गर्‍यो वा गरेन भन्दा पनि म के गर्छु भनेर सोच्न आवश्यक छ । किनभने त्यो कुर्सीमा बस्दै गर्दा उहाँले जानेका कुरा हो । उहाँको संस्कार हो । त्यसलाई जनताले मूल्याङ्कन गर्नु पर्दछ । कोभिडका कुरा, अन्य राजनीतिक कुरा जसलाई टोखा नगरपालिकाका मानिसहरूले महसुस गर्न सक्नु भएन । यो हाम्रो हो भनेर महसुस गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

समृद्ध टोखा नगरपालिका बनाउन शिक्षा, स्वास्थ्य, रोजगारी, महिलाका विषयमा कस्ता योजना बनाउनु भएको छ ?
म आफू पनि एउटा महिला भएको कारणले बढी प्राथमिकता महिलालाई र युवालाई दिन्छु । अनि त्यसपछि बालबालिका र वृद्धा वृद्धालाई प्राथमिकता दिन्छु । सबैका समस्या समाधान गर्ने, सबैका लागि आ–आफ्नो क्षेत्रको सुविधाहरु जस्तो युवाको लागि रोजगार, खेलकुदको विकास, बाबा आमाको रोगको लागि सकेको सहयोग गर्ने गर्दछु ।

पछिल्लो समयमा मतदाताहरूले पार्टी हेरेर मत दिदा विकास भएन । अब उम्मेदवार हेरेर दिन्छौँ भन्नु हुन्छ । त्यसकारण तपाईँलाई नै मतदाताले किन भोट हाल्ने ?
म एउटा राजनीतिज्ञ मात्र हैन । एउटा समाजसेवी पनि हुँ । म कुनै शासक हैन । सेवक हो । मैले हिजोका दिनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सेवा गरेको छु । मेरो आफ्नै फाउन्डेसन छ, रजनी सचेतना नेपाल फाउन्डेसन । म कुनै पोष्टमा नभए पनि धेरै पुण्य गरेको छु । जसले गर्दा उहाँहरूले मलाई नेपाली कांग्रेसको उम्मेदवार भन्दा पनि काम गर्ने दिदिबहिनी छोरी र साथीको रूपमा जो जो हुनुहुन्छ, उहाँहरूलाई म नेपाली कांग्रेसले धेरै दुःख गरेको छ । पहिलो पटक भोट हाल्नेहरुले नेपाली कांग्रेसले भोट निश्चित गर्नका निमित्त धेरै सहिदहरु र रगत बगाउनु भएको छ । त्यसकारण भोट हाल्नु होला । उहाँले विगतमा गरेका कामलाई सम्झेर भविष्य निमार्णको लागि उहाँसँग कत्तिको क्षमता छ त उहाँले गर्न सक्नु हुन्छ कि हुन्न त त्यो कुरा सोचेर भोट हाल्नुहोस् ।

उम्मेदवारीपछि कस्तो प्रतिक्रिया पाउनु भएको छ, तपाईँको पक्षमा कस्तो मत आउने अपेक्षा राख्नु भएको छ ?
हिजो मैले सबैको मन जितेको छु । त्यसको पुण्य अहिले पाउँछु जस्तो लाग्छ ।

आम मतदातामा के आह्वान गर्न चाहनु हुन्छ ?
सबै भन्दा पहिला त सबैँ जनालाई म रजनी थापा नेपाली कांग्रेसबाट मेयरको उमेदवार । म तपाईहरुसँगै बसेर दुःख सुख तपाईँहरूसँग नै बसेर हिजोको दिनमा घर घरमा सिंहदरबार भनिन्थ्यो । त्यो कुरा तपाईँहरूले अनुभूति गर्न पाउनु भएको छैन । त्यसकारण विश्वास गर्नुहोस् हिजो जसरी काम गरेको थिएँ । पछिल्ला दिनमा पनि गर्ने छु । त्यसकारण तपाईँहरूले भोट हाल्दै गर्दा एउटा महिला युवा केही गर्छु भनेर आएको छ भने तपाईँको साथ र सहयोग भयो भने त्यो उर्जाले सोचेको भन्दा ठुलो काम गर्न सक्छु । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : २९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०