स्थानीय चुनाव : लमजुङमा नौ सय कर्मचारी खटिए « Khabarhub

स्थानीय चुनाव : लमजुङमा नौ सय कर्मचारी खटिए


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।

उनका अनुसार ५ सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । ५ सय सम्म मतदाता रहेको केन्द्रमा १ जना सहायक कर्मचारी र ५ सय बढी मतदाता रहेको केन्द्रमा २ जना सहायक कर्मचारी खटिने भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा १ सय २३ मतदानस्थल छन् ।

यसमा १ सय ८२ मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ८२ जना मतदान अधिकृत र १ सय ८२ जना नै सहायक मतदान अधिकृत खटिने छन् । यसमा ३ सय ४९ जना सहयोगी कर्मचारी र १ सय ८२ जना कार्यालय सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ५९ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको