स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको सङ्घर्ष : अध्यक्ष दाहाल « Khabarhub

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको सङ्घर्ष : अध्यक्ष दाहाल


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन् ।

उनले आज एक सन्देशमार्फत आफ्नो पार्टीको निर्वाचन चिह्न र गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै यस निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्रै नलिन आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले सिंहदरबार केन्द्रित अधिकार जनताको घरदैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुङ्गा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

उनले सन्देशमा भनका छन् “यतिखेर सङ्घीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने तत्त्वले संविधान र ऐतिहासिक उपाधिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । निर्वाचनलाई संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँका रुपमा लिएका छौँ ।”

अध्यक्ष दाहालले आफूहरूले खोजेको सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझ पनि जनताले अनुभूति गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायससहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रा सामु रहेको बताए ।

कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसिना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने अध्यक्ष दाहालको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : २१ बजे

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री