पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ, पश्चिमा मुलुकले रुसमाथि आक्रमणको तयारी गरेको आरोप « Khabarhub

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ, पश्चिमा मुलुकले रुसमाथि आक्रमणको तयारी गरेको आरोप


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमणको बचाउ गरेका छन् । दोश्रो विश्वयुद्धमा तत्कालीन नाजी जर्मनीको पराजयको ‘विजय दिवस’ मा सम्बोधन पुटिनले युक्रेनमा जारी ‘विशेष सैनिक कारवाही’ को बचाउ गरेको बीबीसीले जनाएको छ ।

उनले पूर्वी युक्रेनमा जारी लडाइँमा लडिरहेका रुसी फौज तथा स्वयंसेवीहरू ‘मातृभूमि र यसको भविष्यका लागि लडिरहेको’ समेत टिप्पणी गरे ।

सम्बोधनका क्रममा उनले पश्चिमा मुलुकहरुले ‘हाम्रो भूमिमा आक्रमण गर्ने’ तयारी गरिरहेको आरोप समेत लगाएको बीबीसीले जनाएको छ ।

उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई ‘स्वभाविक खतरा’ को रुपमा टिप्पणी गर्दै आफूले थालेको ‘विशेष सैन्य कारवाही’ आवश्यक रहेको र यो ‘सही निर्णय’ भएको समेत बताए ।

उनले युक्रेनमा जारी द्वन्द्वबाट प्रभावित परिवारलाई राज्यले ख्याल राख्न सके जती सबै गर्ने समेत आश्वासन दिए । ‘हरेक सैनिक र सैनिक अधिकारीको मृत्यु हाम्रा लागि पीडादायी छ ।’ पुटिनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ५६ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी