धर्मेन्द्र बास्तोला नेतृत्वमा नेकपा (बहुमत) को घोषणा, १ फागुनमा महाधिवेशन « Khabarhub

धर्मेन्द्र बास्तोला नेतृत्वमा नेकपा (बहुमत) को घोषणा, १ फागुनमा महाधिवेशन


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो । 

पार्टीको नवौँ महाधिवेशन काठमाडौँमा आगामी १ फागुनमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि सार्वजनिक गरे । 

उक्त पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने पार्टी महाधिवेशन आयोजक कमिटी सदस्य गुणराज लोहनीले न्युज कारखानालाई जानकारी दिए । 

उनका अनुसार पार्टीको कार्यनीति भने राजनीतिक स्थायित्व, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनता रहेको छ ।चितवनमा हालै सम्पन्न भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई हटाएको थियो । सोही भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो । 

स्थानीय तह निर्वाचनमा जाने भएपछि ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मतभेद चुलिएको थियो ।  नेता बास्तोलासँगै अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत बहुमत नेताहरू भने निर्वाचनमा जान तयार थिएनन् ।

यसपछि उत्पन्न विवादकै बीच आपसमा कारबाहीमा उत्रिए । अन्ततः बास्तोलासहितका नेताहरू अलग भएर नयाँ पार्टी स्थापना गरेका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ४९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने