गठबन्धनका उम्मेदवारद्वारा प्राध्यापकमाथि निर्घात कुटपिट « Khabarhub

गठबन्धनका उम्मेदवारद्वारा प्राध्यापकमाथि निर्घात कुटपिट


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट गरेको छ । 

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिँडेका कार्यकर्ता विरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।

कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाई दिपकराज जोशीले बताए । कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरूलाई स्थानीयले दुई घण्टा घेराउ गरेका थिए । 

प्राध्यापक जोशी स्वतन्त्र उम्मेदवार सन्तोष जोशीको प्रचार गरिरहेको भन्दै विवाद भएको हो । शिक्षकले प्रचारमा हिड्‌न नहुने भनेपछि विवाद भएको भनिए पनि गोरु जोत्ने मान्छे खोज्न हिँडेका बेला कुटेको पीडित पक्षको भनाइ छ ।  

कुटपिटमा संलग्न गाउँपालिका अध्यक्षका उम्मेदवार राना नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन भने उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् । 

कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पीडित पक्षबीच गोकुलेश्वर प्रहरी चौकीका छलफल भैरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ४८ बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।