युक्रेनमा सुँघेर धराप पत्ता लगाउने कुकुर विभूषित, देशको सेवा गरेको भन्दै जेलेन्स्कीद्वारा तक्मा प्रदान « Khabarhub

युक्रेनमा सुँघेर धराप पत्ता लगाउने कुकुर विभूषित, देशको सेवा गरेको भन्दै जेलेन्स्कीद्वारा तक्मा प्रदान


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुँघेर धराप पत्ता लगाउने कुकुरलाई देशको सेवा गरेबापत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आभूषण प्रदान गरेका छन् ।

पेट्रन नामक ज्याक रुसेल टेरियर जातको कुकुर र उनका मालिकलाई विभूषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता यस कुकुरले हालसम्म २ सय भन्दा धेरै धरापहरु सुँघेर पत्ता लगाएको बताइएको छ ।

युक्रेन भ्रमणमा रहेका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको भेटवार्ताका क्रममा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले कुकुरलाई तक्मा प्रदान गरेका हुन् ।

कुकुरका मालिक युक्रेनको जनसुरक्षा सेवामा कार्यरत मेजर मिहाइलो इलियेभ रहेको उनलाई पनि विभूषण प्रदान गरिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै