मंगलबार मध्यरातिदेखि सीमाना नाका तीन दिन बन्द « Khabarhub

मंगलबार मध्यरातिदेखि सीमाना नाका तीन दिन बन्द


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले मंगलबार मध्यरातिदेखि भारतसँग सीमा जोडिएका नाकामा आवतजावतमा रोक लगाएको छ । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सीमाना जोडिएका नाकाहरू  मंगलबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शुक्रबार राति १२ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

यसैबीच स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ । 

मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना कारवाही गरिनेछ। जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह समेत गरिएको छ । 

अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ  ।   

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ०६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने