मंगलबार मध्यरातिदेखि सीमाना नाका तीन दिन बन्द « Khabarhub

मंगलबार मध्यरातिदेखि सीमाना नाका तीन दिन बन्द


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले मंगलबार मध्यरातिदेखि भारतसँग सीमा जोडिएका नाकामा आवतजावतमा रोक लगाएको छ । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सीमाना जोडिएका नाकाहरू  मंगलबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शुक्रबार राति १२ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

यसैबीच स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ । 

मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना कारवाही गरिनेछ। जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह समेत गरिएको छ । 

अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ  ।   

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ०६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा