पृथ्वी राजमार्गको पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन समय लाग्ने « Khabarhub

पृथ्वी राजमार्गको पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन समय लाग्ने


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले गएरातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुई तर्फी खुल्न अझै केही समय लाग्ने बताएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

‘अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम समेत नरोकिएका कारण सडक खुलाउन प्रयास भइरहेता पनि समस्या आएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन अझै समय लाग्छ ।’

सडक खुलाउन दुई ओटा जेसीबी प्रयोग भइरहेको उनले जनाए ।

पहिरो झरी राती सवा ११ बजेबाट दुई तर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : ०१ बजे

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’