अमेरिकी सेनाका प्यासिफिक कमाण्डर काठमाडौँमा « Khabarhub

अमेरिकी सेनाका प्यासिफिक कमाण्डर काठमाडौँमा


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको प्रशान्त क्षेत्र हेर्ने चार तारे जर्नेल चार्ल्स ए. फ्लिन काठमाडौँ आइपुगेका छन्। नेपाल आउनुअघि भारत भ्रमणमा रहेका फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे। तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ। 

फ्लिनले भोलि सिंहदरवारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ। त्यस्तै उनले भोलिनै सैनिक मुख्यालय जंगी अड्डामा नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। फ्लिनको सम्मानमा भोलि नेपाली सेनाले आफ्नो मुख्यालयमा गार्डअफ अनर दिने कार्यक्रम छ। त्यस्तै उनलाई भोलि नै नेपाली सेनाको गतिविधिहरू जानकारी गराइने र बिपद् उद्धार लगायतमा नेपाली सेनालाई आवश्यक पर्ने उपकरणहरूको जानकारी गराउँन लागिएको सैनिक स्रोतले जानकारी दिएको छ। उनको सम्मानमा भोलिनै प्रधानसेनापति शर्माले रात्रिभोज समेत आयोजना गरेका छन्। 

शनिबार बिहान जर्नेल फ्लिनलाई नेपाली सेनाले हेलिकप्टरमार्फत सगरमाथाको आधार शिविरको भ्रमण गराउँदैछ।  फ्लिनसंगै प्रधानसेनापति शर्मापनि माउन्टेन फ्लाइटमा जाने तय भएको खबरहसंग कुरा गर्दै नेपाली सेनाका एक अधिकारीले बताए। नाम नबताउँने शर्तमा खबरहबसँग कुराकानी गर्दै ती अधिकारीले फ्लिनको भ्रमण दुई देशको सैन्य कुटनीतिमा निकै महत्वपूर्ण रहेकाले नेपाली सेनालाई आवश्यक पर्ने स्काइ ट्रक, सैन्य सामाग्री लगायतको माग गरिने र द्विपक्षीय चासो र हितका विषयमा कुराकानी हुने बताए। 

फ्लिन नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेजको समेत भ्रमण गर्ने  कार्यक्रम तय भएको छ। प्रधानसेनापति प्रभुराम शर्मा केही सातापछि अमेरिका भ्रमणमा जाँदैछन्।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  २ : ४६ बजे

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

काठमाडौँ– पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज

स्रोत नखुलेको भारतीय मुद्रासहित दुईजना पक्राउ

नेपालगन्ज– बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान